जिप र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जना घाइते



बझाङ ।

बझाङमा सवारी दुर्घटनामा परी दुई जना घाइते भएका छन्। जिप र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो।

बझाङको दुर्गाथली गाउँपालिका–१ भाँगडाबजारबाट मौरीबगरतर्फ गइरहेको से १ ज ७८१ नम्बरको जिप र विपरीत दिशाबाट आइरहेको सुदूरपश्चिमप प्रदेश ०१००८ प १२२२ नम्बरको मोटरसाइकल एक आसमा ठोक्किँदा दुर्घटना भएको हो।

उक्त दृर्घटनामा परेर मोटरसाइकल चालक छबिसपाथिभेरा गाउँपालिका–६ का ३७ वर्षीय लोकश बुडा र पछाडि सवार सोहि ठाउँकी ३७ वर्षीया इन्द्रा बुढा घाइते भएका छन्। मोटरसाइकल चालकको दाँहिने खुट्टा भाँचिएको छ भने इन्द्राको दाँहिने खुट्टामा चोट लागेको छ।

दुबै जना घाइतेलाई उपचारको लागि डडेल्धुरा अस्पताल पठाएको प्रहरीले जनाएको छ। जिप चालक दुर्गाथली गाउँपालिका–१ का २३ वर्षीय सुरेन्द्र सार्कीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बझाङका सूूचना अधिकारी प्रहरी निरीक्षक दिपेश चौधरीले बताए।

प्रतिक्रिया दिनुहोस्