लिङदेनको प्रश्न- प्रधानमन्त्री प्रचण्डले सत्ता जोगाउन दल फुटाउनेदेखि अरू के-के गर्लान् ?



काठमाडौँ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले सत्ता जोगाउन जेपनि गर्छु भन्ने प्रधानमन्त्री प्रचण्डको भनाइमा दलहरू फुटाउने देखि अरु के-के होला भन्दै प्रश्न गरेका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै अध्यक्ष लिङदेनले यस्तो प्रश्न गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले बुधबार सिन्धुलीमा आयोजित पार्टीको कार्यक्रममा आफूले सत्ता टिकाउन अनेक काम गर्ने बताउदै जसपा नेपाल फुट्नुपनि त्यसैको सिलसिला भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्