काठमाडौँ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईं निकट मानिएका केही व्यक्तिहरुले एभरेष्ट बैंक र ज्योति विकास बैंकको बिर्तामोड शाखा कार्यालयमा तोडफोड गरेका छन्।
‘राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियान’ अन्तर्गत बिर्तामोडमा आज आयोजित र्यालीमा सहभागीहरुले बिर्तामोडका दुई बैंकमा तोडफोड गरेका हुन् ।
प्रहरीले तोडफोडमा संलग्न ४ जनालाई नियन्त्रणमा लिइएको छ ।
आज उक्त अभियानको युवा संगठन ‘नागरिक युवा दस्ता’ ले र्याली निकालेको थियो ।
प्रहरीका अनुसार बिर्तामोड-५ को सिटी सेन्टरअगाडिबाट सुरू र्याली मुक्तिचोकतर्फ जाँदै गर्दा सोही समूहका १२/१५ जनाले ज्योती विकास बैंक र एभरेष्ट बैंकको शाखा कार्यालय तोडफोड गरेका हुन् । बैंकको सिसाहरू फुटाउँदै गरेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।
नियन्त्रणमा लिइएकामा बिर्तामोड नगरपालिका ३ का मनकुमार तामाङ, वडा नम्बर ५ का ‘बुलेट’ भन्ने अन्जेश राई, बुद्वशान्ती गाउँपालिका ४ का दीपेश राई र बिर्तामोड ४ का पवन दुलाल छन् ।