सर्वोच्च अदालतका आजका सबै इजलास स्थगित



काठमाडौँ ।

सर्वोच्च अदालतका आजका सबै इजलास बन्द भएका छन् ।

पूर्वन्यायाधीश हरिजंग सिजापतिको निधन भएपछि बिहीबार सबै इजलास स्थगित भएको सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिएका छन् ।

उनले इजलास बन्द भएपनि सर्वोच्चका प्रशासनिक काम भने हुने बताए ।

प्रतिक्रिया दिनुहोस्