गोली चलाएर  प्रहरीले लागुऔषध कारोबारीलाई पक्राउ गर्‍यो 



 नेपालगञ्ज। 

लागुऔषध कारोबारी नियन्त्रणमा लिन बाँके प्रहरीले कोहलपुरमा गोली चलाएको छ ।

प्रहरीको गोली लागेर कोहलपुर-१२ का २६ वर्षीय सुरेश परियार घाइते भएका छन् । उनको खुट्टामा गोली लागेको बाँके प्रहरीले  जनाएको छ।

लागूऔषध नियन्त्रण ब्युरो काठमाण्डौबाट विशेष सूचनाका आधारमा बाँकेको कोहलपुरमा गएको टोलीमाथि आक्रमण भएपछि प्रहरीले गोली हानेर लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिएको  हाे ।

प्रहरीको  टोलीले कोहलपुरको चप्पलगौडामा लागूऔषध कारोबारीलाई पक्राउ गर्न खोज्दा प्रहरीमाथि आक्रमण भएको प्रहरी भनाइ छ ।

प्रहरीको गोली बायाँ खुट्टामा लागेर घाइते भएका परियारको अहिले भेरी अस्पतालमा उपचार भइरहेको छ। परियार कोहलपुर नगरपालिका–१२ चप्पलगौँडाका स्थानीय हुन् ।

परियारसहितको समूहले नेपाल भारत सिमानामा बसेर लागूऔषध कारोबार गर्ने गरेको सुराकीको आधारमा लागूऔषध नियन्त्रण ब्यूरोको  टोलीले उनीहरूलाई पछ्याइरहेका थिए ।

उनीहरूको साथबाट ११० ग्राम ब्राउन सुगरसमेत बरामद भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्