कोशीमा तेस्रोपटक मुख्यमन्त्रीमा दाबी गर्दै एमालेका  हिक्मत कार्की, केदार कार्की अदालत जाँदै 



विराटनगर ।

कोशी प्रदेशमा नेकपा एमाले र माओवादी केन्द्रले नयाँ सरकार गठनका लागि आज दाबी पेस गर्ने तयारी गरेका छन् ।

एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गर्न दाबी पेस गर्ने तयारी भएको हो ।

आजै दावी  पेश गरेर नियक्तिदेखि शपथसम्मको तयारी एमाले र माओवादी केन्द्रले गरेका छन् ।

प्रदेश प्रमुख पर्शुराम खापुङले गएराती शुक्रवार साँझ ५ बजेसम्मको समय दिएर मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेपछि दाबी पेस गर्ने तयारी गरेका हुन् ।

उनी यसअघि दुईपटक मुख्यमन्त्री भैसकेका छन्।

विराटनगरमा एमाले र माओवादीले सरकार बनाउन दाबी पेस गरिरहँदा मुख्यमन्त्री केदार कार्की सर्वोच्चमा रिट दायर गर्ने तयारीमा छन् र उनी अहिले काठमाडौँ आइपुगेका छन् ।

मुख्यमन्त्री कार्कीले आफू  संविधानको धाराको १६८ को ५ अनुसारको मुख्यमन्त्री रहेकाले अब यस धारा अनुसार अर्को सरकार गठन हुन नसक्ने जिकिर गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्