ट्याक्टर दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु, ८ जना घाइते



कठमाडौं ।

ट्याक्टर दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु भएको छ । ताप्लेजुङको पाथिभरा याङ्वरक गाउँपालिका–४ डुम्रिसेमा  प्रदेश १–०१–००१ त ९०६९ नम्बरकाे ट्याक्टर दुर्घटना हुँदा स्थानीय सिद्धेश्वरी माध्यमिक विद्यालय कक्षा ६ मा अध्यनरत मानस तामाङ मृत्यु भएको हो ।

खहरे हुँदै डुम्रिसेको तालखर्कतर्फ जाने क्रममा सडकबाट करिब १५ मिटर तल खसेको प्रहरीले जानकारि दिएकाे छ ।  प्रहरीका अनुसार दुर्घटनामा सोही विद्यालयमा अध्ययनरत ८ जना विद्यार्थी घाइते भएका छन्।  घाइते सबैलाई जिल्ला अस्पताल पाँचथर लगिएको छ । दुर्घटनापछि चालक फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्