पार्टी हार्नुको प्रमुख कारण गुटबन्दी: सुरेन्द्र पाण्डे



धादिङ ।

नेकपा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले नेकपा एमाले हार्नूमा प्रमुख कारण पार्टी भित्रको गुटबन्दी प्रमुख कारण भएको बताउनुभएको छ ।
नेकपा एमाले धुनीबेसी नगरपालिकाको दोश्रो नगर अधिवेशनको मंगलबार उद्घाटन गर्दै एमाले उपाध्यक्ष पाण्डेले एमाले गतनिर्वाचन हार्नुमा तत्कालिन गठबन्धन, गुटबन्दी भएर वा पार्टी नै कमजोर भएर हुनसक्ने भएकोले समिक्षा गर्दै अघि बढ्न आग्रह गर्नुभयो ।

पार्टी छाडेर गएकाहरुलाई आफ्नो घर फर्कन आग्रह गर्दै एमालेबाहेकले राष्ट्रिय दृष्टिकोण राख्न नसक्ने बताउनुभयो । एमाले उपाध्यक्ष पाण्डेले समाजबादको आधार तयार गर्नका लागि एमालेका गाउँ नगर कमिटिहरुले स्पष्ट योजना र दृष्टिकोणसहित लाग्न आग्रह गर्दै मिस ८४ अन्तरगत एमालेले विजय हासिल गरेपछि बापन्थी एकता सहित सुखी नेपाली समृद्ध नेपाल बनाउने संकल्प पुरा गर्ने बताउनुभयो ।

नेकपा एमाले केन्द्रीय सदस्य धर्मदत्त देवकोटाले बैचारिक रुपमा स्पष्ट नेतृत्व निर्माण गरि मिसन ८४ अन्तरगत विजय हासिल गर्न शुभकामना व्यक्त गर्नुभयो । नेकपा एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठीले सबै कार्यकर्तालाई एकजुट भएर पार्टी निर्माणमा लाग्र्दै जनपक्षिय काम समेत गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्