बझाङमा चट्याङ लागेर ४ जना घाईते, एक घर जलेर नष्ट



बझाङ ।

जिल्लाको खप्तडछान्ना गाउँपालिका वडा नम्बर ७ गोर्खाली गाउँमा बेलुका करिव ७ बजेतिर चट्याङ परेर ४ जना घाईते भएका छन्, भने एक घर जलेर पुर्ण रूपमा क्षति भएको छ ।

यस्तै चट्याङले घर जलेर नष्ट भएको स्थानीय शिक्षक सुरेश खड्काले जानकारी दिएका छन् । चट्याङमा लागेर आइते रावतको भैंसी मरेको छ ।

चट्याङ लागेर फिट्टु खड्काको परिवार बेलु देवि खड्का उनका ८ वर्षीया छोरा एकेन्द्र बहादुर खड्का घाईते भएका छन् । चट्याङमा परी उनका छिमेकी लुड्किदेवि खड्का र दुदादेवि रावत पनि घाईते भएका छन्  । घाईतेहरूको उद्धारमा गोर्खाली युवा क्लबका युवाहरू जुटिरहेको क्लबका अध्यक्ष मीन बहादुर खड्काले जानकारी दिए।

घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्