स्कुल बस र मोटरसाइकल ठोक्किँदा २ को मृत्यु, २ जना घाइते



काठमाडौं ।

नुवाकोटमा स्कुल बस र मोटरसाइकल ठोक्किँदा २ को मृत्यु, २ जना घाइते भएका छन् ।

देवीघाटबाट काशीतारतर्फ जाँदै गरेको अर्किड एकेडेमी नुवाकोटको बा ३ ख ३७२२ नम्बरको स्कुल बस र वाग्मती प्रदेश ०२-०४४प ३६९२ नम्बरको मोटरसाइकल ठोक्किएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा काठमाडौं बस्ने २७ वर्षीय रुविन रावल र ललितपुर बस्ने २६ वर्षीय स्वीकार रानाको मृत्यु भएको हो ।
घाइते २ जनालाई उपचारका लागि काठमाडौं महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल ९टिचिङ० लगिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्