बहुमत केन्द्रीय सदस्य दलप्रति प्रतिबद्ध छन्, विभाजनको अवस्था छैन- जसपा नेपाल


काठमाडौँ ।

जसपा नेपालले दल विभाजनको अवस्था नरहेको बताएको छ ।

जसपा नेपालका प्रवक्ता मनिष सुमनले एक विज्ञप्ति जारी गर्दै हाल जसपा नेपाल विभाजन भएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै अहिले दल विभाजनको अवस्था नरहेको बताएका छन् ।

उनले हाल संसदको अधिवेशन आव्हान भइसकेको र दल विभाजन सम्बन्धी अध्यादेश खारेज रहेको अवस्थामा दल विभाजनको अवस्था नरहेको बताएका छन् ।

साथै उनले दलको बहुमत सदस्य दलप्रति प्रतिबद्ध नै रहेको बताउँदै सम्पूर्ण केन्द्रीय सदस्यलगायत कोही पनि भ्रममा नपर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।