एमाले थाहाले राख्यो नयाँ बोर्ड



हेटौंडा ।

वागमती प्रदेश सरकारले नेपाल भाषा र तामाङ भाषालाई पनि सरकारी कामकाजको भाषाको रुपमा लागू गरेपछि नेकपा एमाले थाहा नगर कमिटीले पार्टी कार्यालयको बोर्ड परिवर्तन गरेको छ ।

वागमती प्रदेश सरकारको निर्णयको स्वागत गर्दै सोमबार थाहा नगरको थानाबजारस्थित नगर कमिटीको कार्यालयमा नेपाल भाषा र तामाङ भाषासहितको बोर्ड राखिएको नगर अध्यक्ष सुरेन्द्रमान प्रधानले जानकारी दिए ।

वागमती प्रदेश सरकारको आयोजनामा वागमती प्रदेशमा नेपाली भाषासहित तामाङ र नेपाल भाषालाई सरकारी कामकाजको भाषाका रुपमा प्रयोग गर्ने कार्यको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट सोमबार सुभारम्भ भएको छ । वागमती प्रदेश सरकारले यी दुवै भाषालाई सरकारी कामकाजको भाषाको रुपमा लागू गरेको अवसरमा प्रदेशभर बिदासमेत दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्