व्यक्ति केन्द्रित भएर कांग्रेसले आफ्नो माग जारी राखे हामी सहमत हुदैनौं: महेश बर्तौला



काठमाडौँ ।

नेकपा एमाले समग्र सहकारी ठगी प्रकरणमा छानबिन गर्न आफूहरू तयार रहेको बताएको छ  ।

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्षी दलले उठाएको कुराको सम्बोधन गरेर समग्र सहकारी ठगीको छानबिन गरेर अगाडी बढ्नुपर्ने बताएका हुन्  ।

बर्तौलाले व्यक्ति तोकेर छानबिन गर्नुपर्छ भन्ने कांग्रेसको अडान कायम रहेमा  आफूहरुको समर्थन नरहने बताए  । उनले व्यक्तिमाथि छानबिन गर्न माग गरिरहँदा समग्र सहकारी ठगीको छानबिन प्रभावित हुन नहुने बताउँदै अगाडी बढ्नुपर्ने बताए । बर्तौलाले कांग्रेसले समग्र सहकारी ठगीको छानबिनको माग उठाएको हो वा व्यक्ति केन्द्रित छानबिन गर्न भनेको हो भन्ने स्पष्ट हुनुपर्ने बताए ।

यस अघि सत्ता समीकरणमा रहेको माओवादी केन्द्र र एमालेबीच समग्र सहकारी ठगीको विषयमा छानबिन गर्ने सहमति भएको बताइएको छ । तर यो कांग्रेसको माग अनुसार भने नभएको बताइएपछि कांग्रेसले आफ्नो विरोध जारी राख्ने बताएको छ  ।

वैशाख २८ गते देखि संघीय संसद्को बैठक आव्हान गरिएको छ  ।

प्रतिक्रिया दिनुहोस्