गोंगबुको होटलमा महिलाको शव फेला



काठमाडौं ।

काठमाडौँको गोंगबुस्थित एक होटेलमा एक महिलाको शव फेला परेको छ । मोरङको लेटाङ नगरपालिका-२ घर भइ हाल बाँसबारी बस्दै आएकी ३१ वर्षीया कल्पना भण्डारीको शव भेटिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गत शुक्रबार बाथरूममा झुण्डिएको अवस्थामा शव भेटिएको हो। भण्डारी चन्द्रागिरि नगरपालिका-१५ का ३२ वर्षीय अनित कार्कीसँग होटलमा बसेको खुलेको छ।

लामो समयसम्म बाथरूमको ढोका नखोलेपछि कार्कीले होटलका अन्य व्यक्तिलाई बोलाएर ढोका फुटाएर हेर्दा झुण्डिएको अवस्थामा फेला पारेपछि प्रहरीले उनलाई अस्पताल लागेको थियो। भण्डारीको परिवारलाई पनि तत्कालै खबर गरिएको थियो ।

मृत्यक महिलाका परिवारले कार्कीविरुद्ध आत्महत्या दुरुत्साहनको कसूरमा किटानी जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ।

भण्डारी विहाहित महिला भएको खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्