सबै दलितलाई अधिकार सम्पन्न बनाउनु पर्छ : देवराज विश्वकर्मा



 उदयपुर ।

राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज बिश्वकर्माले सबै दलितहरुलाई सार्वभौम बनाएर अधिकार दिनु पर्ने र व्यक्ति सषम भएका खण्डमा अधिकार स्थापित थराउन सहज हुने बताउनु भएको छ ।

शनिबार उदयपुरको राजावास स्थित महिला पुनस्थापना केन्द्र ओरेकमा आयोजित दलित जनप्रतिनिधिहरुको प्रथम जिल्ला सम्मेलनमा प्रमुख अतिथि समेत रहनु भएका अध्यक्ष बिश्वकर्माले स्थानीय तहले दलित समुदायको सशक्तिकरणकालागि योजना ल्याउनु पर्ने र बजेट बिनियोजन गरेर कार्यक्रम संचालन नगर्दासम्म दलितको पक्षमा काम गरेको देखिदैन । दलितको हक अधिकार स्थापित गराउन स्थानीय तहको भूमिका महत्वपूर्ण हुने भएकोले पहिले दलितहरुलाई सार्वभौम बनाउनु पर्ने बताउनु भयो ।

अध्यक्ष बिश्वकर्माले नेपालमा ६० लाख दलित रहेको र ति सबैकालागि अधिकार स्थापित गराउन राष्ट्रिय दलित आयोग लागि परेको बताउँदै दलित महिला जनप्रतिनिधि भनेर हेप्ने काम भएको छ , वडाका दलित महिला सदस्य भनिएको छत्यो भनाई गलत रहेकोले वडा सदस्य भनेर सम्बोधन गरिनु पर्ने बताउनु भयो ।

प्रदेशमा दलित आयोगको प्रदेश कार्यालय खोल्न सरकारले कर्मचारी र बजेटको व्यवस्थापन नगर्दा काम गर्न नसकिएको जानकारी दिंदै दलित आयोग संघ, प्रदेश र स्थानीय सरकारको सल्लाहकारका रुपमा रहेर काम गर्दै आएको बताउनु भयो । सो कार्यक्रममा कोशी प्रदेश सभाकी उप सभामुख सिर्जना दनुवारले विगतको तुलनामा हाल दलितहरुको अधिकार केही भए पनि स्थापित हुँदै गएको छ भने छुवाछुत अन्त्यकालागि अन्तर जातिय विवाहले महत्वपूर्ण भूमिका खेल्ने भएकोले यस्ता विवाहलाई समाजले मान्यता दिनु पर्ने बताउनु भयो ।

उपसभामुख दनुवारले स्थानीइ तहले छुवाछुतका विषयलाई हटाउन टोल विकास संस्था मार्फत समाजमा लगेर बहसको विषय बनाएका खण्डमा केही हदसम्म भए पनि समाधानमा सहयोग पुग्ने बताउनु भयो ।सो कार्यक्रममा राष्ट्रिय दलित आयोगकी संस्थापक सदस्य सचिव दुर्गा शोवले अधिकार पाउने नाममा दलित महिलाहरु पीडा भोगेर बस्न बाध्य भएको बताउँदै दलित समुदायबाट महिलाहरु समानुपातिकमा सिमीत हुनु परेको र मेयर उपमेयर वडाध्यक्ष बन्नबाट समाजले बञ्चित गरेको हुँदा दलित महिलाहरु जागरणमा लाग्नु पर्ने बताएनु भयो ।

दलित महलिा संघ कोी प्रदेशकी अध्यक्ष पाण्डु परियारको अध्यक्षतामा भएको सो कार्यक्रममा उदयपुर जिल्लाका दलित महिला प्रतिनिधिहरु, दलितसँग सम्बन्धित संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको छ भने सम्मेलन आइतबारसम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस्