३० वर्षीया महिलाको शव फेला

60.91k
Shares

बाजुरा ।

बाजुरामा शनिबार एक महिला मृत अवस्थामा फेला परेकी छिन्।

जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका–२ लामवाडास्थित कर्णाली नदीमा अन्दाजी ३० वर्षीया एक महिला मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

मृत महिलाको पहिचान खुल्न सकेको छैन। घटनाको बारेमा प्रहरीले थप अनुसन्धान  अगाडी बढाएको छ।

Skip This