भेलु बाजेको निधन



काठमाडाैं  ।

भेलु बाजे नामले चर्चित प्युठानका ६२ वर्षीय मेनबहादुर बुढाको निधन भएको छ । लामो समय रोगले थलिएका उनको बिहीबार प्युठान अस्पतालमा  उपचारकाे क्रममा निधन भएको हो ।

टिकटक र युट्युबमा यति धेरै भाइरल भएका भेलु बाजेलार्ई टेलिफिल्म ‘ख्यालठट्टा’ले पनि अभिनय गराएकाे थियाे ।  उनी आफ्नो कुरा अभिव्यक्त गर्न अर्कै भाषा र टोन प्रयोग गर्छन् जसलाई मानिसहरूले एकदमै रुचाउथे  । उनले बोल्दा प्रयोग गर्ने बेल्कुल, हत्तेरिका, एकदम च्वाँक र पख्नुस् त लगायतका शब्दमा टिकटकमा थुप्रैले अभिनय पनि गर्थ्रे ।

वरिष्ठ संगीतकार बीबी अनुरागीले  भेलु बाजेसँग मिलेर ‘काटे डाली कैन’ गीत समेत रेकर्ड गराएका  थिए ।

प्रतिक्रिया दिनुहोस्