ज्येष्ठ नागरिकका सवालमा सराकारवालासंग छलफल



काठमाडौं ।

ज्येष्ठ नागरिक सम्बन्धि सवालहरु,विद्यमान अवस्था, समस्या, चुनाैती तथा बुढ्याैली व्यवस्थापनमा विकास भएका नवीन अवधारणा, पद्दति प्रणाली सम्बन्धि सराेकारवालासँग छलफल गरिएकाे छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ज्येष्ठ नागरिक महाशाखाकाे आयाेजनामा छलफल भएकाे हाे ।

कानुनमा उल्लेखित ज्येष्ठ नागरिक अधिकारहरु व्यवहारिक तबरबाट कार्यन्वायन नभएकाे विषयले छलफलमा प्राथमिकता पाएकाे छ । अन्तरक्रिया कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ज्येष्ठ नागरिक महाशाखा प्रमुख सहसचिव सुमन दाहालले स्वाागत गर्दै ज्येष्ठ नागरिकका समस्या समाधान र राज्यबाट प्राप्त अधिकार कार्यन्वायनमा सराेकारवालाहरुसँगकाे अन्तरक्रियाले सहयाेग पुग्ने विश्वास व्यक्त गरे । विश्वमा ७ अर्व जनसंख्यामा करिव १ अर्व ज्येष्ठ नागरिक रहेकाे भन्दै अवकाे कार्यक्रम ज्येष्ठ नागरिकमैत्री हुनु पर्ने बताए ।

कार्यक्रमका प्रमुख अतिथि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जाेशीले प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर ज्येष्ठ नागरिक सम्बन्धि नीति कार्यक्रमहरु बनाउन लगाउने काममा छलफलले याेगदान गर्ने बताए । बुढेसकालमा आउने समस्यालाई व्यवहारिक हिसावले समाधान गर्न सकिने भन्दै मन्त्री जाेशीले छलफलमा आएका निष्कर्ष लाई कार्यन्वायनमा लैजान सबै स्थानीय सरकारसँग मन्त्रालयले समन्वय गर्ने पतिवद्दता जनाएका छन् । कानुनी अधिकारहरु व्यवहारिक तवरबाट कार्यन्वायन हुन नसकेकाे अवस्थामा याे छलफल निकै उपयाेगी हुने कार्यक्रमका अध्यक्ष समेत रहेका मन्त्रालयका सचिव मुकुन्द निराैला बताए ।

अन्तरक्रियामा ज्येष्ठ नागरिकका क्षेत्रमा काम गर्दै आएकाे संस्था एजिङ नेपालका कार्यकारि निर्देशक प्रकाश गाैतमले ज्येष्ठ नागरिककाेअवस्था, समस्या, चुनाैती , अवसर र सबै तहका सरकारले बनाउने याेजनाका विषयमा प्रस्तुतिकरण गरेका थिए ।

छलफलमा गाउपालिका महासंघ, नगरपालिका महासंघ, जिल्ला समन्व समिति महासंघ, विभिन्नआयाेग तथा ज्येष्ठ नागरिक सम्बन्धि काम गर्दै आएका संस्थाहरुकाे सहभागिता रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्