वेस्ट इन्डिज ‘ए’ ले टस जित्यो, नेपालले बलिङ गर्दै



काठमाडौँ ।

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको सिरिजको चौथो खेल आज हुदै छ । टियू मैदानमा हुने यो खेलमा वेस्ट इन्डिज ‘ए’ ले टस जितेको छ । वेस्ट इन्डिज ‘ए’ का कप्तान रोस्टन चेजले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका छन् । योसंगै नेपालले पहिला बलिङ गर्ने भएको छ ।

आज नेपाली टिममा कप्तान रोहित पौडेलसहित कुशल भुर्तेल र आसिफ सेख टिममा फर्किएका छन् ।

नेपाली प्लेइङ ११- रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी गुलशन झा, प्रतिश जिसी, सोमपाल कामी, अभिनाश बोहोरा र ललित राजवंशी ।

त्यस्तै वेस्ट इन्डिज ‘ए’ ले भने तेस्रो खेलमा खेलेकै टिम खेलाएको छ ।

सिरिजमा अहिलेसम्म वेस्ट इन्डिज ए २-१ ले अगाडी रहेको छ । पहिलो खेल ४ विकेटले जितेको नेपाल त्यसपछिका दुवै खेलमा हार बेहोरेको थियो । नेपालले दोस्रो खेल १० रनले हारेको थियो भने तेस्रो खेल ७६ रनले हारेको थियो ।

नेपालले सिरिजको पाँचौं तथा अन्तिम खेल मे ४ मा हुने छ ।

प्रतिक्रिया दिनुहोस्