घरको भित्तामा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु



चितवन ।

पूर्वी चितवनको रत्ननगर नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा रत्ननगर नगरपालिका–३ का सुमित महतो र जीवन चौधरीको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीका अनुसार ना२२प ३४४४ नम्बरको मोटरसाइकल रत्ननगर नगरपालिका–४ का सुमन गदालको घरको भित्तामा गए राति ठोक्किएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएकाे प्रहरीले जनाएको छ।मोटरसाइकल ठोक्किएर घरको भित्तामा समेत क्षति पुगेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्