वेस्ट इन्डिजविरुद्ध टस हारेर बलिङ गर्दै नेपाल



काठमाडौं ।

नेपाल र वेस्ट इन्डिज ए बीचको तेस्रो खेल अहिले भइरहेको छ । टियु क्रिकेट मैदानमा जारी खेलमा वेस्ट इन्डिज ए ले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ। योसँगै नेपालले पहिला बलिङ गरिरहेको छ।

आजको खेलमा नेपालले कप्तान रोहित पौडेललाई आराम दिएको छ। यस खेलमा नेपालको कप्तानी दिपेन्द्र सिंह ऐरीले गर्दै छन्। आज नेपाली टिममा चार परिवर्तन गरिएको छ।

आज कप्तान रोहितसहित कुशल भुर्तेल, सोमपाल कामी र आकाश चन्दलाई बाहिर राखिएको छ भने करण केसी, विवेक यादव, विनोद भण्डारी र कमल सिंह ऐरी खेल्दै छन्।

यस सिरिजमा नेपाल र वेस्ट इन्डिज ए ले एक एक खेल जितेका छन् र सिरिज १-१ को बराबरीमा रहेको छ । सिरिजको पहिलो खेलमा नेपालले ४ विकेटको जित हासिल गरेको थियो भने दोस्रो खेलमा वेस्ट इन्डिज ए ले १० रनको जित हासिल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्