स्टिङ अपरेसनको सत्य तथ्य बाहिर ल्याउनुपर्छ- जनार्दन शर्मा


काठमाडौँ ।

नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वअर्थमन्त्री जनार्दन शर्माले स्टिङ अपरेसनको सत्य तथ्य छानबिन गरी सत्य कुरा जनता सामु ल्याउन जरुरी रहेको बताएका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै शर्माले छानबिन विना नै कुनै संस्था या व्यक्तिको मानमर्दन गर्नु नहुने बताएका हुन् ।

उनले भनेका छन्-

सिधा कुरा डटकम अनलाइनमा प्रसारणमा आयका “डार्क फाइल” समाचारले निकै चर्चा पायो। यस्ता खालका स्टिङ अपरेसनको सत्य तथ्य छानबिन गरी सत्य कुरा जनता सामु ल्याउन जरुरी छ । छानबिन विना नै कुनै संस्था / व्यक्तिको मानमर्दन गर्नु हुँदैन । यस बिषयमा अन्य प्रमुख समाचार गृहले पाठ सिक्दा राम्रो होला कि ?

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।