इलाम–२ मा एकीकृत समाजवादीका उम्मेदवारले पाए जम्मा ४०८ मत



काठमाडौं ।

इलाम-२ मा नेकपा एकीकृत समाजवादीले लज्जास्पद हार बेहोरेको छ। यस उपनिर्वाचनमा उम्मेदवार बनेका एकीकृत समाजवादीका उम्मेदवार जीत बहादुर राईले ४०८ मत मात्र पाए। उनको जमानत पनि जफत भएको छ।

इलाम एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको गृह जिल्ला समेत हो। उनी यस चुनावका लागि पार्टीबाट चुनावी कमान्डरसमेत तोकिएका थिए।

प्रतिक्रिया दिनुहोस्