४४ हजार ३७३ मत गन्दा कसको मत कति ?


काठमाडौं ।

इलाम- २ मा  नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले फराकिलो मतान्तरसहित अग्रता कायमै राखेका छन् ।

प्राप्त पछिल्लो विवरण अनुसार सुहाङले १८ हजार १९६ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका डम्बर खड्का १२३३९ मत प्राप्त गरेका छन् । अहिले सुहाङ ८५५७ मतले अगाडी रहेका छन् ।

त्यसैगरी पहिचान पक्षका स्वतन्त्र उम्मेदवार डेकेन्द्र थेगिमले पनि पछिल्लो गणनामा मत बढाउदै लगेका छन् । उनले अहिलेसम्म ९३३६ मत प्राप्त गरेका छन् भने रास्वपा मिलन लिम्बु ३०६७ मत प्राप्त गरेका छन् ।

इलाम-२ मा अहिलेसम्म ४४ हजार ३७३ मत गणना भएको छ । कुल १ लाख १५ हजार ८८९ मतदाता रहेको इलाम- २ मा जम्मा ६९ हजार २ सय ८७ मत खसेको थियो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।