इलाम उपनिर्वाचन

गुरुको वडामा रास्वपालाई तीन मत 



इलाम। 

किराँत धर्मावलम्बीको पवित्र धार्मिकस्थल लारुम्बा रहेको माङ्सेबुङ गाउँपालिका वडा नम्बर ५ मा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले सबैभन्दा बढी मत ल्याए  । प्रतिस्पर्धामा रहेका अन्य उम्मेदवारले सय मत कटाउन सकेनन् । तर थेगिमको मुढा चिह्नमा सबैभन्दा बढी मत आएको हो ।

 थेगिम पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार हुन् । थेगिमले यो वडामा १ हजार ३२ मत ल्याए । नेकपा एमालेका उम्मेद्धार सुहाङ नेम्वाङले ६९, कांग्रेस उम्मेदवार डम्बर खड्काले ४९ र आफ्नै पालिकाका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले यो वडामा ३ मत मात्र ल्याए ।यहाँ  २ हजार ७ मतदाता रहेकोमा यस वडामा १ हजार १ सय ९२ मत खसेको थियो ।

 निर्वाचनको मुखमा उपप्रधान तथा गृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेदेखि काँग्रेस नेता शेखर कोइराला, एमाले नेतृ शिवमाया तुम्बाफो, जनमत पार्टीका अध्यक्ष सिके राउत लगायतका नेताले गुरुसँग दर्शन भेट गर्दा ‘राजनीतिक चर्चा चुलिएको थियो ।

प्रतिक्रिया दिनुहोस्