बझाङमा एमालेका दमन भण्डारी विजयी



काठमाडौँ।

बझाङ–१ प्रदेश सभा निर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी विजयी भएका छन् ।
निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार अभिषेक सिंहलाई पराजित गर्दै भण्डारी निर्वाचित भएका हुन् ।
कडा टक्करको बिच भण्डारीले रोमाञ्चक जीत हात परेका छन् । नेपाली कांग्रेसका उम्मेदवार अभिषेक सिंहलाई २ सय ६६ मतान्तरले पराजित गर्दै उनले विजय प्राप्त गरेका हुन् ।

भण्डारीले ११ हजार ६ सय १२ मत ल्याएर निर्वाचित भएका हुन् । कांग्रेसका सिंह ११ हजार ३ सय ४६ मत ल्याएका छन् ।
निर्वाचनमा माओवादी केन्द्रका जनकबहादुर बुढाले ३ हजार ८ सय ३१ मत ल्याएका छन् । नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ५ सय १४ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्