बझाङमा रोमाञ्चक प्रतिस्पर्धा, एमालेका दमन भण्डारी जितको नजिक



काठमाडौँ।

बझाङको प्रदेश सभा–१ को निर्वाचनमा रोमाञ्चक प्रतिस्पर्धाकोबीच नेकपा एमालेको उम्मेदवार दमन भण्डारी जीतको नजिक पुगेका छन् ।
करिब ६ सय मत गन्न बाँकी रहँदा ३ सय ४६ मतले अघि छन् । साइपाल गाउँपालिकाका तीनवटा वडाको मतगणना बाँकी हुँदा उहाँले यो अग्रता कायम गरेका हुन् । साइपालको १ र २ नं वडाको मतगणना सकिएको छ । अब ३,४ र ५ नं वडाको मतगणना बाँकी छ ।

एमाले उम्मेदवार भण्डारीले ११ हजार २ सय ९५ प्राप्त गरेका छन् । नेपाली कांग्रेसका अभिषेक सिंहले १० हजार ९ सय ४९ मत प्राप्त गरेका छन् ।
साइपाल गाउँपालिकामा कूल १ हजार १ सय ५४ मत खसेकोको थियो त्यस मध्ये करिब ६०० मत गणना गर्न बाँकी छ।

प्रतिक्रिया दिनुहोस्