बझाङमा एमाले ३४१ मतले अगाडि

अब ११६२ भोट गन्न बाँकी



काठमाडौँ।

बझाङ–१ प्रदेश सभा निर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमन भण्डारीले नेपाली कांग्रेसका उम्मेदवार अभिषेक सिंहसँगको मतान्तर बढाएका छन् ।
कडा टक्करको बिच भण्डारी अघि बढेका हुन् । नेपाली कांग्रेसका उम्मेदवार अभिषेक सिंहलाई पछि पार्दै नेकपा एमाले उम्मेदवार दमन भण्डारी ३ सय ४१ मतले अघि बढेका छ।

भण्डारीले ११ हजार १ सय २ मत ल्याएका छन् । सिंहले १० हजार ७ सय ६१ मत पाएका छन् ।
सुरुवाती मतगणना एमालेका उम्मेदवार भण्डारी अगाडि थिए । त्यस पछि नेपाली कांग्रेसका सिंह लगातार अगाडि बढेका थिए । तर मतगणनाको अन्तिमतिर आइपुग्दा भण्डारीले फेरी अग्रता लिएका छन् ।

हालसम्मको मतगणनामा नेकपा माओवादी केन्द्रका जनक बुढाले ३ हजार ७ सय ९० मत पाएका छन् । त्यस्तै नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ४ सय ४९ मत ल्याउनु भएको छ ।

अब साइपाल गाउँपालिकाको मात्र मतगणना बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्