आमचोकमा जीप दुर्घटना : एक जनाको मृत्यु



काठमाडौँ।

भोजपुरको आमचोक गाउँपालिका वडा नम्बर ८ पारकुवामा जीप दुर्घटना भएको छ ।दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा आमचोक गाउँपालिका–१० की २७ वर्षीया रुँगा राई रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

सोमबार बिहान बालाङ्खाबाट दुम्माना हुँदै मैयुटार जाँदै गरेको को १ ज २६१७ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हो।

घाइतेहरुलाई उद्धार गरी उपचारका लागि सुनसरीको धरानस्थित घोपा पठाइएको छ । थप विवरण आउना बाँकी छ।

 

प्रतिक्रिया दिनुहोस्