रामेछाप उडेको सिता एयरको जहाज काठमाडौं फिर्ता



काठमाडौँ।

काठमाडौंबाट रामेछाप उडेको सिता एयरको जहाज पुनः काठमाडौं फर्काएर आकस्मिक अवतरण गर्नु परेको छ । सोमबार बिहान मजहाजमा हाइड्रोलिक समस्या आएपछि काठमाडौं फर्काएर आकस्मिक अवतरण गर्नु परेको विमानस्थले जनाएको छ।

विमानस्थलका अनुसार हाइड्रोलिकमा समस्या आएपछि जहाजको अवतरणमा समस्या हुन्छ । सिताको ९०६ उडान नम्बरको जहाज काठमाडौं विमानस्थलमा सुरक्षित अवतरण गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्