इलाम-२ मा अग्रता बढाउँदै सुहाङ, रास्वपा चौथो स्थानमै



काठमाडौं ।

इलाम–२ अन्तर्गत उपनिर्वाचनको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बढाउँदै लगेका छन्।

उनी दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका डम्बर खड्काभन्दा ३ हजार ३५७ मतले अगाडि छन्। नेम्वाङले १० हजार ४१९ मत ल्याउँदा उनलाई पछ्यारहेका खड्काले ७ हजार ६२ मत ल्याएका छन्।

त्यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम लिम्बू ५ हजार ७५३ मतसहित तेस्रो स्थानमा छन्। उनलाई पछ्यारहेका राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुले १ हजार ४५१ मत पाएका छन्।

१ लाख १५ हजारभन्दा बढी मत भएको इलाम-२ मा ६९ हजार २ सय मत खसेको थियो। यो कुल मतदाता संख्याको ६० प्रतिशत हो। अहिलेसम्म २५ हजार ७१२ मत गनेर सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्