इलाम-२ मतगणना अपडेट : कांग्रेसका डम्बरलाई उछिन्दै एमालेका सुहाङ अगाडि



काठमाडाैं  ।

इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बनाएका छन्। यसअघि कांग्रेसका डम्बर बहादुर खड्काले अग्रता कायम राखिरहेका थिए।

अहिले फाकफोकथुम गाउँपालिकाको मतगणना भइरहेको छ। जसमध्ये वडा नम्बर १, २ र ३ को गणना हुँदा डम्बरले अग्रता लिएका थिए।तर, वडा नम्बर ४ मा भने सुहाङ ठूलो मतान्तरसहित अघि लागेका छन्। पछिल्लो मतपरिणाम अनुसार सुहाङले यो वडामा ९१२ मत ल्याएका छन् भने डम्बरले ५ सय ३९ मत ल्याएका छन्।

अहिलेसम्मको मतपरिणाम अनुसार सुहाङको कुल मत २५४२ पुगेको छ भने डम्बरको २१९७ पुगेको छ। उक्त वडाबाट स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले १ सय ६३ मत प्राप्त गरेका छन्। रास्वपाका उम्मेदवार मिलन लिम्बूले वडा नम्बरबाट ७१ मतसहित ३७९ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्