राति नाङ्गै सुत्दा हुन्छन् यस्ता फाइदा



काठमाडौं ।

राति कपडा बिना सुत्नु कसैलाई अनौठो लाग्न सक्छ। तर यसमा अनौठो केही छैन। बरु कपडा नलगाइ सुत्नु शरीरका लागी निकै फाइदाजनक छ।

गर्मीको मौसममा लुगाले शरीर र छालामा चिलाउने गर्छ। त्यसैले यसरी सुत्दा कुनै हानि हुँदैन। कपडा नलगाइ सुत्नु महिला र पुरुष दुवैका लागि उत्तिकै फाइदाजनक छ। यसबाट शरीरका जुन अंगहरुमा अत्यधिक पसिना आउँछ, ती अंगहरुमा संक्रमण हुने सम्भावना पनि न्यून रहन्छ ।

कपडा बिना सुत्नुको प्रभाव हाम्रो निद्रामा प्रत्यक्ष देख्न सकिन्छ। त्यसैले यो विकल्प धेरै राम्रो छ। यसरी सुत्दा हामी भोलिपल्ट मानसिक रूपमा पूर्णतया ताजा रहन सक्छौं।

यदि तपाईलाई नाङ्गै सुत्न सम्भव छैन भने खुकुलो लुगा लगाएर मात्र सुत्नुहोस्। यसो गर्नाले तपाईं आफैले हेर्न सक्नुहुनेछ कि तपाईं कति राम्रोसँग सुत्नुहुनेछ। जान्नुहोस् राति नाङ्गै सुत्दा शरीरलाई के के फाइदा हुन्छ।

तनाव र चिन्ताबाट टाढा रहन सकिन्छ

राती कपडा बिना सुत्नुको सबैभन्दा राम्रो फाइदा भनेको तनाव र चिन्ताबाट टाढा रहन सकिन्छ। कपडा नलगाई सुत्दा सामान्य भन्दा राम्रो निन्द्रा लाग्छ र दिनभरको तनाव र सोचाइलाई राम्रोसँग निन्द्राबाट हटाउन सकिन्छ। त्यसैले कपडा नलगाई सुत्नुको सीधा सम्बन्ध तनाव र राम्रो निद्रासँग हुन्छ। तनावमा हुँदा यो विकल्प प्रयोग गर्नु फाइदाजनक साबित हुन सक्छ।

तौल घट्नु
यदि तपाई तौल घटाउन खोज्दै हुनुहुन्छ भने तपाईलाई थाहा हुनुपर्छ कि राति नाङ्गै सुत्दा तौल घटाउन सजिलो हुन्छ।

कपडा फुकालेर सुत्दा शरीरको तापक्रम घट्छ जसले गर्दा शरीरबाट अतिरिक्त क्यालोरी सजिलै बाहिर निकाल्न सकिन्छ। शरीरको तापक्रम चिसो राखेर ब्राउन फ्याटको गतिविधि सजिलै बढाउन सकिन्छ।

हृदय रोग को जोखिम कम

राम्रोसँग निन्द्रा नलाग्नु राम्रो कुरा होइन, यो रोगलाई निम्तो दिनु जस्तै हो। राम्ररी निन्द्रा नपुगेका मानिसलाई हृदयाघातको उच्च जोखिम हुन्छ। त्यसैले राती लुगाबिना सुत्नु यस्ता व्यक्तिका लागि धेरै राम्रो हुन्छ। कपडा नलगाई सुत्दा निद्राको गुणस्तरमा सुधार मात्रै गर्दैन। यसले लामो समयसम्म सुत्न पनि मद्दत गर्छ।

छाला सुधार्छ
राम्रो निद्राले हाम्रो छालालाई पनि असर गर्छ, त्यसैले हामीले राम्रो निद्रा लिनुपर्छ। दिनभरको घाम, धुलो र धुवाँले छालालाई नराम्ररी क्षति पुर्‍याउँछ।

हामी सुत्दा छालाले यी सबै क्षतिहरू आफैं मर्मत गर्छ। त्यसैले यो महत्त्वपूर्ण छ कि हाम्रो निद्रा टुटेको छैन। बिहान राम्रो निन्द्रा लगाएर उठ्दा हाम्रो छाला स्वतः ताजा हुन्छ। त्यसैले गहिरो निन्द्रा लिन कपडा बिना सुत्ने गरौं।

प्रतिक्रिया दिनुहोस्