दुई करोड ६३ लाख भन्दा बढी ठगी गर्ने उपाध्याय युएईबाट पक्राउ



काठमाडौँ।

काठमाडौँ। दुबईमा आकर्षक तलब सहित काममा लगाइदिने भन्दै ८३ जना नेपालीलाई ठगेर फरार भएका कोमलराज उपाध्यायलाई अन्तराष्ट्रिय प्रहरी संगठन इन्टरपोलको सहायतामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो ।

दुबई बसेर भिजिट भिषामा नेपालीलाई दुबई पु¥याई अलपत्र पारेर फरार भएका उपाध्यायलाई पक्राउ गरी नेपाल ल्याएको ब्युरोले जनाएको छ।
उपाध्यायले श्रीराम रानाभाट सहित ८३ जनाबाट २ करोड ६४ लाख ५४ हजार ६ सय १० ठगी गरेर फरार भएका थिए । दुबईमा नै त्रिनेत्र म्यानेजमेन्ट कन्सल्ट्यान्ट प्रालि नामक संस्था खोलेर ठगी गर्दै आएका उपाध्यायलाई ब्युरोले इन्टरपोलको सहायताले पक्राउ गरेको हो ।

बिभिन्न माध्यमबाट नेपाली युवालाई भिजिट भिषामा दुबई बोलाएर अलपत्र पार्ने र दुबई पुगेका युवाहरुलाई पटक पटक आश्वासन दिने तर काममा नलगाई अलपत्र पारेपछि दुवईबाट उद्धार गरी नेपाल आएपछि पीडितहरुले प्रहरीमा उजुरी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्