कुलमानको गृहजिल्लामा उज्यालो नेपाल पार्टीको संगठन विस्तार तीव्र


रामेछाप।

कुलमान घिसिङको गृहजिल्ला रामेछापमा उज्यालो नेपाल पार्टीले संगठन विस्तार अभियानलाई तीव्र बनाएको छ। जिल्ला कमिटी पुनर्गठनसँगै विभिन्न राजनीतिक पृष्ठभूमिका नागरिक पार्टीमा प्रवेश गरेपछि जिल्लामा पार्टीको गतिविधि थप सक्रिय बनेको छ। पार्टीले रामेछापलाई आफ्नो राजनीतिक आधार क्षेत्रका रूपमा विकास गर्ने रणनीति अघि सारेको छ।

मन्थलीमा आयोजित विस्तारित बैठक तथा संगठन पुनर्गठन कार्यक्रममार्फत चिना लामाको अध्यक्षतामा ७८ सदस्यीय जिल्ला कमिटी गठन गरिएको पार्टीले जनाएको छ। जिल्लाका आठवटै स्थानीय तहमा कार्य समिति भएको उज्यालो नेपाल पार्टी रामेछापका अध्यक्ष चिना लामाले जानकारी दिएका छन् भने केही समय भित्र वडा समिति गठन सम्पन्न  गर्ने लक्ष्यसहित पार्टीले स्थानीय नेतृत्व तथा कार्यकर्तालाई परिचालन गरिएको अध्यक्ष लामाले बनाए।

पार्टीको संगठन पुनर्गठन कार्यक्रममा विभिन्न राजनीतिक दलमा आबद्ध रहेका तथा स्वतन्त्र रूपमा राजनीतिक गतिविधिमा संलग्न नागरिकहरू उज्यालो नेपाल पार्टीमा प्रवेश गरेका छन्। नवप्रवेशीहरूले देशमा राजनीतिक परिवर्तन, सुशासन, विकास र नयाँ नेतृत्वको अपेक्षासहित पार्टीमा आबद्ध भएको केन्द्रिय सदस्य तथा रामेछापका इन्चार्ज रामकृष्ण लामाले दावि गरेका छन् । 

पार्टी प्रवेश गरेका नागरिकले परम्परागत राजनीतिक अभ्यासभन्दा फरक सोच, जनताप्रति उत्तरदायी नेतृत्व र विकासमुखी राजनीतिको अपेक्षा राखेको बताएका छन्।राजनीतिक परिवर्तनका लागि नयाँ शक्ति र नयाँ विचारलाई अवसर दिनुपर्ने धारण केही समय अधि मात्र दोरम्बा शैलुङ्गको कार्यक्रममा पार्टी प्रवेश गर्नु भएका धनलाल योन्जन रहेको थियो ।

कुलमान घिसिङको गृहजिल्ला भएकाले रामेछापलाई उज्यालो नेपाल पार्टीले संगठन विस्तार र राजनीतिक गतिविधिका दृष्टिले महत्वपूर्ण क्षेत्रका रूपमा लिएको छ। घिसिङको सार्वजनिक छवि र ऊर्जा क्षेत्रमा गरेको कामबाट प्रभावित नागरिकलाई पार्टीमा जोड्ने रणनीति पार्टीका लागि संगठन विस्तारको आधार बनेको छ। तर व्यक्तिगत लोकप्रियतालाई संगठनात्मक शक्ति र निर्वाचनको मतमा रूपान्तरण गर्नु पार्टीका लागि चुनौतीपूर्ण रहने रामेछापका नागरिक समाजको धारण रहेको थियो ।

रामेछापमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टिलगायतका स्थापित राजनीतिक दलहरूको लामो संगठनात्मक आधार र स्थानीय प्रभाव रहँदै आएको थियो तर गएको प्रतिनिधि सभाको निर्वाचनमा रास्वपाले विजय हासिल गरेको थियो।

गत निवार्चनमा २४ हजार ८ सय ८ मत सहित रास्वपाका उम्मेदवार डाक्टर कृष्णहरी बुढाथोकी विजयी भएका थिए भने एमालेका माधव प्रसाद ढुङ्गेलले १७ हजार ६ सय ९¸नेपाली काँग्रेसका रामचन्द्र खड्काले १६ हजार ३ सय ७¸ नेपाली कम्युनिस्ट पार्टिका श्याम कुमार श्रेष्ठले १३ हजार ३ सय ५४ मत प्राप्त गर्दा उज्यालो पार्टिका दिप बहादुर योन्जनले ७ हजार २ सय १ मत प्राप्त गरेका थिए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।