उदयपुर ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले शनिबार विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरको प्रहरी टोलीले १० जना जुवाडे नगद रकम र तास सहित नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार मिति २०८३ मसींर १२ गते साँझ १६ः४५ बजे विशेष सूचनाका आधारमा खोजी गर्दे जाँदा लिल बहादुर शाहीको घरमा तास खेलिरहेका अवस्थामा १० जना मानिस सहित ६ बुक तास र नगद रकम सहित पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार जिल्ला उदयपुर त्रियुगा नगरपालिका वडा नं ३ मोतिगडा स्थित स्थानीय लिल बहादुर साहीको घरमा जुवा (तास) खेलिरहेको अवस्थामा नगद रु। ५३,९९०।– र ६ बुक तास सहित मानिसहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।तास खेलिरहेका अवस्थामा पक्राउ पर्नेहरुमा त्रियुगा नगरपालिका वडा नं.३ बस्ने वर्ष ५२ को लिल बहादुर साही (घर धनी), सोही ठाउँ बस्ने वर्ष ५४ को भुपेन्द्र दाहाल, सोही ठाउँका अर्का वर्ष ५३ को छविला वि.क. रहेका छन् ।
पक्राउ परेका अन्यमा त्रियुगा नपा ३ घर भएकाहरु वर्ष ४३ को मनोज चौधरी, वर्ष ४४ को भुपेन्द्र कार्की, वर्ष अ ५६ को अशोक मल्ल ठकुरी रहेका छन् । यसैगरी त्रियुगा नपा वडा नं ४ बस्ने वर्ष ५४ को ईन्द्र बहादुर मगर, त्रियुगा नपा वडा नं १२ बस्ने वर्ष ४० को खेमराज दाहाल, १२ नं वडा कै वर्ष ३७ को कुमार थापा र त्रियुगा नपा वडा नं ११ बस्ने वर्ष ५४ को प्रेम के.सी. रहेका जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।








तपाईंको विचार लेख्नुहोस्