“जीवन्त सम्बन्ध”



वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनीलद्वारा लिखित पुस्तक ‘जीवन्त सम्बन्ध’ हालै लोकार्पण गरिएको छ । पुस्तक लेखककी आमा राजकुमारीदेवी सिंहले उक्त पुस्तक लोकार्पण गर्नुभयो ।

मानिसका सम्बन्धहरूलाई गहिराइमा पुगेर केलाउनु यस पुस्तकको महत्वपूर्ण विशेषता हो । यो पुस्तक व्यक्तिको कर्तव्य, सोच र दायित्वलगायतका विषयमा केन्द्रित छ । साथै यस पुस्तकले मानिसको सोचमा सकारात्मक परिवर्तन ल्याउन सक्ने, सामाजिक रूपान्तरण, पारिवारिक दायित्व एवम् पेसागत जिम्मेवारीलाई निर्वाह गर्न मद्दत पु¥याउन सक्ने अपेक्षा लेखकको रहेको छ ।

२४० पृष्ठको यस पुस्तकमा ५३ वटा जीवनोपयोगी खण्डहरु छन् । संस्मरणात्मक शैलीमा लेखिएको यो पुस्तकको साधारण कभर मूल्य रु. ६ सय रहेको छ । डा. ओम फाउन्डेसनबाट प्रकाशित यस पुस्तकको वितरक समीक्षा पब्लिकेसन प्रा.लि. रहेको छ । पुस्तकको बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम असहाय वृद्धवृद्धाका निम्ति डा. ओम फाउन्डेसनमार्फत खर्च गरिने फाउन्डेसनले जनाएको छ ।

पुस्तक लोकार्पण कार्यक्रम वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । आईओएमका पूर्वडिन प्रा.डा. जगदीशप्रसाद अग्रवालले लेखकको व्यक्तित्व तथा कृतित्वमाथि प्रकाश पार्नुभएको थियो भने डा. रवीन्द्र समीरले पुस्तकको समीक्षा गर्नुभएको थियो ।

स्वस्थताका लागि थाहा पाइराख्नुपर्ने कुरा

– अदुवामा एन्टिअक्सिडेन्ट गुण पाइन्छ । त्यसैले अदुवाको चिया पिउनाले रुघाखोकीबाट राहत मिल्छ ।
-पालकमा पाइने बिटा क्यारोटिनले रोग–प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ । त्यसैले हाम्रो आहारमा पालकलाई समावेश गरेर मिर्गौलालाई स्वस्थ राख्न सकिन्छ ।
– लसुनमा थोरै मात्रामा सोडियम, पोटासियम र फस्फोरस पाइन्छ, जुन मृगौला रोग भएका मानिसहरूका लागि फाइदाजनक हुन्छ ।
– बेसारलाई एन्टिबायोटिकको रुपमा लिइन्छ । बेसार मिलाएको दूध पिउने गर्नाले रोग–प्रतिरोधात्मक क्षमता बलियो बनाउन र रगतमा चिनीको मात्रा नियन्त्रण गर्न सकिन्छ ।
-दैनिक तातो पानी पिउनाले मेटाबोलिजम बढ्छ, जसले तौल घटाउन मद्दत गर्छ ।
– चिनीयुक्त वस्तुहरूको खपत कम गर्नुहोस् । किनभने तिनीहरूमा धेरै क्यालोरी हुन्छ, जसले वजन बढाउन सक्छ ।
– मेथीको चिया पिएर सजिलै शरीरको तौल घटाउन सकिन्छ ।
-राति सुत्नुअघि ग्रीन–टी पिउने गरेर पनि शरीरको तौल घटाउन सकिन्छ ।
– अदुवामा एन्टिअक्सिडेन्ट गुण पाइन्छ । अदुवाको चिया पिउनाले रुघाखोकीबाट राहत मिल्छ ।

प्रतिक्रिया दिनुहोस्