सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढ्यो, चाँदीको कति ?



काठमाडौ, २२ असोज । सोमबार नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य वृद्धि भएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ७ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज एकैदिन एक हजार रुपैयाँले बढ्दै १ लाख ८ हजार ६ सय रुपैयाँ पुगेको हो ।

यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा एक हजार रुपैयाँले नै बढ्दै १ लाख ८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने आज तोलामा ३५ रुपैयाँले बढ्दै १ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्