सुनचाँदीको भाउ बढ्यो, प्रतिताेला कतिमा हुँदैछ काराेबार ?



काठमाडौं ।

नेपली बजारमा साताको पहिलो दिन सुन-चाँदीको भाउ बढेको छ । सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले बढेर १ लाख ७ हजार ६०० रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ७ हजार १०० रुपैयाँ निर्धारण भएको छ । यसअघि शुक्रबार सुनको भाउ तोलाको १ लाख ७ हजार ३०० रुपैयाँ रहेको थियो ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ६ हजार ८०० रुपैयाँ निर्धारण भएको थियो । यता, चाँदीको भाउ पनि आज प्रतितोला २० रुपैयाँले बढेर १३ सय ३० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ तोलाको १३ सय १० रुपैयाँ कायम रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्