नेष्डो समृद्ध लघुवित्तले लाभांश प्रस्ताव पारित गर्न बोलायो एजीएम, बुक क्लोज कहिले ?



काठमाडौं ।

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले असोज २६ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा रोयल कुश्मा रिसोर्ट, कुश्मा, पर्वतमा दिउँसो साढे १ बजेबाट सुरु हुनेछ । उक्त सभामा यस संस्थाले सेयरधनीहरुलाई आर्थिक वर्ष २०७८-७९ को नाफाबाट कर सहित १७.९३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

साथै, अन्य उपयुक्त लघुवित्त संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धी कार्य गर्न, यसको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ ।

सभामा आर्थिक वर्ष २०७८–७९ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

सभा प्रयोजनका लागि कम्पनीले असोज १८ गते बुक क्लोज गर्ने भएको छ । सभामा सहभागी हुन तथा लाभांश प्राप्त गर्न असोज १७ गतेसम्म सेयरधनी कायम हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्