सालहमाथि अब इतिहादको आँखा



लन्डन, (एजेन्सी) । क्रिस्टियानो रोनाल्डो, नेयमार जुनियर, करिम बेन्जामा जस्ता सुपरस्टार खेलाडीलाई साउदी लिगमा ल्याएपछि अब उनीहरु अर्को एक सुपरस्टारलाई लिगमा भित्रयाउन कोशिसमा रहेको छ । साउदी क्लब अल इतिहादले लिभरपुलका खेलाडी मोहम्मद सालाहमाथि आँखा लगाएको छ । इजिप्टका सुपरस्टारका लागि अल इतिहादले १ सय १८ मिलियन पाउन्डको मूल्य राखेको छ ।

तर, सालाहले लिभरपुल छाडेर कतै नजाने भनेपनि साउदी क्लबले उनलाई लोभ देखाइरहेको प्रिमियर लिग क्लबले बताइरहेको छ । लिभरपुलले टोलीका स्टार खेलाडीलाई नबेच्ने कडा नियम लगाएको छ । मेनेजर यर्जेन क्लोपले सालाहका लागि क्लब नछाड्ने वातावरण मिलाइरहेको बताएका छन् । यदि सालाहले क्लब छाडेमा यस सिजनमा कठिन हुने पनि क्लोपले बताए ।

उतातिर साउदीका प्रमुखहरु युरोपको यात्रामा छन् । उनीहरु यही कुरामा लागिरहेका छन् कि उनीहरुको लोभ्याउने प्रस्तावमा खेलाडीले निर्णय लिऔं । गल्फ राज्यको नजरमा सालाह उनीहरुका हिरा हुन् । क्लब वल्र्ड कप डिसेम्बरमा हुँदैछ यसका लागि सालाहलाई साउदी ल्याउन उनीहरु तत्पर रहेको पनि इंग्लिस अखबार डेली मेलले खुलासा गरेको छ ।

साउदी प्रो लिगका प्रमुख कार्यकारी साद अल लालीजले मंगलबार फ्रान्सको भ्रमण गरेका थिए । युरोपेली ट्रान्सफर विन्डोमा उनले अरु खेलाडीलाई लोभ्याउने कार्य गरिरहेका पनि बताइयो । लिभरपुलका खेलाडीको माँग धेरै रहेको छ । यसमध्ये सालाह विश्वमा चर्चित अरब खेलाडीबाट चिनिन्छन् ।

सालाहका एजेन्ट रामी अब्बासले यसै महिनाको शुरुमा लिभरपुलका समर्थकलाई सार्वजनिक वक्तव्यमार्फत् सालाहले यस समरमा क्लब नछाड्ने बताएका थिए । तर, साउदी क्लबहरुले पैसाले नै स्टार खेलाडीलाई लोभ्याइरहेका छन् । क्लबले १ सय ५० मिलियन डलरको प्रस्ताव राख्छ भने त्यसमा खेलाडीले सोच्ने कुरा पनि हुँदैन र तुरुन्त क्लब छाड्न सक्ने पनि उनले बताए ।

यसअघि साउदी क्लबले लिभरपुलका पूर्व कप्तान जोर्डान हेन्डरसनलाई आबद्ध गरिसकेको छ । गल्फ राज्यमा लिभरपुलका सम्पतिलाई ल्याउन त्यहाँका क्लबहरुले प्रयास गरिरहेका छन् । फाबिन्हो र रोबेर्टो फिर्मिनो समेत गल्फ राज्यमा पुगिसकेका छन् । उनीहरुले अझै यसै समरको शुरुमा गोलकिपर एलीसनलाई पनि मोटो रकमको प्रस्ताव राखिसकेका थिए । अहिले लिभरपुलका जोए गोमेज र इबोउ कोनाटेलाई उनीहरुले चाहेका छन् ।

फाबिन्होलाई अल इतिहादले यसै समरमा अनुबन्ध गरेको हो । यो क्लबले बेन्जामा र एन्गोलो कान्टेलाई पनि चाहेको थियो । अल इतिहादले वोल्भस्का पूर्व तथा टोटनहामका मेनेजर नुनो इस्पिरिटो सान्टोलाई पनि चाहेको थियो ।

प्रतिक्रिया दिनुहोस्