काठमाडौं, (नेस) ।
नेपाली टेबलटेनिस खेलाडी निश्चल थापा क्षेत्री अस्ट्रेलियामा जारी डब्लुटीटी युथ कन्टेन्डर बालार्याटको यु–१५ ब्वाइज सिंगल्सको नकआउट चरणमा प्रवेश गरेका छन् । निश्चलले नकआउट चरणमा सिंगापुरका खेलाडीसंग प्रतिस्पर्धा गर्ने छन् ।
यु–१५ गल्र्स सिंगल्समा प्राज्ना महर्जन समूह चरणको दुवै खेलमा चुकिन् । प्राज्ना अस्ट्रेलियासंग ३–० र फिलिपिन्ससंग ३–१ ले पछि परिन् । त्यसैगरी, आभा प्रधान पनि पराजित भइन् । यु–१५ मिक्स डबल्सको क्वाटरफाइनलमा मलेसियाली जोडीले निश्चल र प्राज्नाको जोडीलाई ३–१ ले हराएको थियो ।











प्रतिक्रिया