काठमाडौं ।
नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो फाइनलिस्टको टुंगो आज लाग्दैछ। पहिलो क्वालिफायरमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ।
लिग चरणमा ११ अंक जोड्दै शीर्ष स्थानमा रहेको लुम्बिनी र १० अंकसहित दोस्रो भएको सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुन लागेको हो।
आजको खेल जित्ने टोली सिधै फाइनलमा पुग्नेछ भने पराजित हुने टोलीले दोस्रो क्वालिफायरमार्फत फाइनल प्रवेशको अर्को अवसर पाउनेछ।
यसअघि लिग चरणको उद्घाटन खेलमा लुम्बिनीले सुदूरपश्चिमलाई सात विकेटले पराजित गरेको थियो। तर, समग्र आपसी प्रतिस्पर्धामा भने दुवै टोलीले समान दुई–दुई जित निकालेका छन्। हालसम्म यी दुई टोलीबीच चार खेल भएका छन्।











प्रतिक्रिया