आज पहिलो क्वालिफायर खेल हुँदैं लुम्बिनीको सामना सुदूरपश्चिमसँग


काठमाडौं ।

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको पहिलो क्वालिफायर खेल आज हुँदैंछ । त्रिवि मैदानमा हुने खेलमा गत संस्करणको विजेता लुम्बिनी लायन्सको सामना गत संस्करणकै उपविजेता सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा हुनेछ ।

लुम्बिनीले जारी एनपीएलमा ७ खेल खेल्दा पाँच जित हासिल ग¥यो भने एक खेलमा हार बेहोरेको थियो । एक खेलको नतिजा भने निस्केको थिएन । लुम्बिनीले समूह चरणमा पहिलो खेलमै सुदूरपश्चिमलाई हराएको थियो । यो खेल न्युन योगफलको भएको थियो ।

पहिले ब्याटिङ गरेको सुदूरले मात्र ८७ रनको योगफल बनाएको थियो । टोलीका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले २७ रन जोड्न्ु नै व्यक्तिगत ठूलो योगदान बनेको थियो । यसपछि ओपनर सैफ जैबले १३ रन र बलर अनिल खरेलले १५ रन जोडे । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

सुदूरको ब्याटिङ ध्वस्त बनाउन लुम्बिनीका बलर किशोर महतो र शेर मल्लको भुमिका मुख्य रह्यो । किशोरले ४ ओभरमा २२ रन दिई ४ विकेट लिएका थिए । यस्तै, शेरले ४ ओभरमा ३ विकेट लिँदा मात्र ११ रन खर्चेका थिए । यसपछि शादली भान शाल्कीक, तिलक भण्डारी र कप्तान रोहित पौडेलले एक–एक विकेट बाँडेका थिए ।

जवाफमा ८८ रनको विजयी लक्ष्य लुम्बिनीले ३ विकेटको क्षतिमा ९.५ ओभरमै भेटाएको थियो । टोलीका लागि ओपनर डीआरसी शर्टले सर्वाधिक ४० रनको योगदान दिएका थिए । यस्तै अर्का ओपनर आसिफ शेखले ३२ रन जोडेका थिए । उनीहरूले पहिलो विकेटका लागि ६.२ ओभरमै ७१ रनको साझेदारी गरेर ७ विकेटको आराम जित दिलाएका थिए ।

आज हुने खेलमा सुदूरको लागि लुम्बिनीसँग यस हारको बदला लिने मौका छ । सुदूरले जारी एनपीएलमा सात खेल खेल्दा लुम्बिनीले झंै ५ खेलमै जित निकालेको थियो । तर, टोलीले दुई खेलमा हार बेहोरेको थियो । टोलीले विराटनगर किंग्स र लुम्बिनीसँग हार बेहोरेको थियो ।
त्यसो त यस खेलमा हार बेहोरेपनि फाइनल पुग्न अर्को खेलमा मौका बाँकी रहनेछ । यस खेलमा हार्ने टोलीले बुधबार हुने पहिलो इलिमिनेटरको विजेता टोलीसँग खेल्नेछ । पहिलो इलिमिनेटरको खेलमा काठमाडौं गोर्खाजको सामना चितवन राइनोजसँग हुनेछ ।

सुदूर (२ जित) भर्सेस लुम्बिनी (२ जित)
–पहिलो संस्करण (२०२४) अन्तर्गत् समूह चरणमा सुदूरपश्चिमले लुम्बिनीलाई ४५ रनले पराजित गरेको ।
–दोस्रो संस्करण (२०२५) अन्तर्गत् समूह चरणमा सुदूरपश्चिमले लुम्बिनीलाई ७ विकेटले पराजित गरेको ।
–दोस्रो संस्करणको फाइनलमा सुदूरलाई ८६ रनमा अलआउट गर्दै लुम्बिनीले ६ विकेटले खेल जितेर उपाधि हात पारेको ।
–तेस्रो संस्करण (२०२६) अन्तर्गत् समूह चरणमा सुदूरलाई ८७ रनमा अलआउट गर्दै लुम्बिनीले ७ विकेटको जित हासिल गरेको ।