चेल्सीको जस्तो खर्च गर्न नसक्ने सिटी



लन्डन, (एजेन्सी) । चेल्सीले रोमियो लाभियालाई ५३ मिलियन पाउन्डमा अनुबन्ध गरेपछि म्यानचेस्टर सिटीका मेनेजरले यति रकम खर्च गर्न नसक्ने प्रतिक्रिया दिएका छन् । मेनेजर पेप गार्डिओलाले क्लबसँग यतिका रकम खर्च गर्नसक्ने क्षमता नभएको बताए ।

उनले बताए—मैले भन्नुको तात्पर्य यदि यसो गरेमा हामीहरु समाप्त हुनेछौ । चेल्सीको लागि हाम्रो भन्दा सजिलो छ । मैले कुनै आलोचना गरेको होइन । उनीहरुले जति सक्ने गर्न सक्छन् तर, हामीले यो रकम कल्पना पनि गर्न सक्दैनौ । चेल्सीले दुई ट्रान्सफर विन्डोमा लगानी गरेको हेर्दा म यहाँ बसिरहन सकिन्न होला ।

चेल्सीले यो ट्रान्सफर विन्डोमा अहिलेसम्म ८ खेलाडीमा ३ सय २३ मिलियन पाउन्ड खर्च गरेको छ । यो युरोपेली लिगमा कुनै पनि क्लबले गरेको भन्दा बढी रकम हो । साथै कुनै पनि क्लबले लगानी गरेकोमा विश्वमै उच्चतम लगानीको कीर्तिमान पनि बनेको छ । यसले रियल मेड्रिडले सन् २०१९ मा गरेको लगानीलाई नै छायामा पारिसकेको छ । त्यतिबेला ला लिगा महारथी क्लबले २ सय ९२ मिलियन पाउन्ड खर्च गरेको थियो ।

मे २०२२ मा बोहलीले क्लब लिएदेखि चेल्सीले ट्रान्सफरमा ८ सय ५७ मिलियन पाउन्ड खर्च गरिसकेको छ । यही समयमा म्यानचेस्टर सिटीले जम्मा २ सय ३३ मिलियन पाउन्ड खर्च गरेको छ । हालको अवस्थामा सिटीले चेल्सीले भन्दा कम खर्च गरिरहेको छ । गार्डिओलाले हेरी म्यागायरलाई चाहेको पनि बताए । उनले भने—हामीले हेरी म्यागायर चाहेका थियौं । हामीले उनको रकम तिर्न सकेनौ । हामीले मार्क कुकुरेलालाई पनि चाहेका थियौ । हामीले एलेक्सिस सान्चेज पनि चाहेका थियौं । हामीले पैसा तिर्न सकेनौ । हामीले नियमअनुसार तिर्न चाहन्छौ । अन्यथा हामीसँग एकेडमी नै छ ।

ट्रान्सफर रकम उच्चतम भएको हुँदा सिटीले हेरी केन र डेक्लान राइसलाई पनि अनुबन्ध गर्न नसकेको गार्डिओलाले बताए । उनले बताए —खेलाडीबाट छुटकारा पाउनको लागि धेरै त्यस्ता क्लबहरु पनि छन् । साथै खेलाडीलाई लोनमा क्लबमा ल्याउन कोशिस गरिरहेको क्लबहरु पनि छन् । हामीमा यो समस्या छैन जुन राम्रो कुरा हो । यसैले हामीले गत केही वर्षदेखि राम्रो गरिरहेका छौ ।

प्रतिक्रिया दिनुहोस्