काठमाडौं ।
नेकपा एमालेकी वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय राजनीतिक मुद्दामा दलहरूबीच संवाद, सहकार्य र सहमति आवश्यक रहेको बताएकी छन् ।
बिहीबार काठमाडौंमा आयोजित राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भण्डारीले संविधान संशोधनलगायतका विषयमा राजनीतिक दलहरूबीच पर्याप्त छलफल र परामर्श हुनुपर्नेमा जोड दिइन् ।
उनले अहिलेको आवश्यकता प्रतिशोध र निषेध नभई संवाद, सहकार्य र राष्ट्रिय सहमति भएको बताइन् । साथै, दूरगामी महत्वका विषयमा संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलबीच व्यापक छलफल र सहमति आवश्यक रहेको उनको भनाइ छ ।








तपाईंको विचार लेख्नुहोस्