काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको राष्ट्रिय भेलामा सुरक्षा व्यवस्था चुस्त बनाउन र अपरिचित व्यक्तिको प्रवेशमा निगरानी राख्न स्वयंसेवकहरूलाई निर्देशन दिएका छन् ।बिहीबार काठमाडौंमा आयोजित भेलाको दोस्रो दिन सम्बोधन गर्दै ओलीले सबै सहभागीलाई अनिवार्य परिचयपत्र लगाउन आग्रह गरे ।
उनले कार्यक्रमस्थलमा अपरिचित व्यक्तिको सहज पहुँच हुन नदिन र नेता तथा प्रतिनिधिहरूको समय अनावश्यक भेटघाटमा खर्च हुन नदिन सचेत रहनुपर्ने बताए ।
त्यस्तै, भेलालाई अनुशासित, शान्त र मर्यादित बनाउन अनावश्यक कुराकानी नगर्न तथा भेटघाटका लागि खाना, खाजा र विश्रामको समय उपयोग गर्न उनले आग्रह गरे ।निर्धारित कार्यसूचीअनुसार कार्यक्रम सञ्चालन गर्दै भेलालाई अनुशासनको नमूना बनाउनुपर्ने ओलीको भनाइ थियो ।








तपाईंको विचार लेख्नुहोस्