स्विडेनलाई तेस्रो स्थान प्यारो



काठमाडौं । स्विडेनले जारी महिला विश्वकप फुटबल प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको छ । शनिबार तेस्रो र चौथो स्थानको लागि भएको खेलमा स्विडेनले सह आयोजक टोली अस्टे«लियालाई २–० ले हराएको हो । योसँगै स्विडेनले चौथो पटक कांश्य पदक प्राप्त गरेकोक छ ।

स्विडेनको लागि तेस्रो–चौथो स्थानको खेल खेल्न निकै अनुभवी पनि भएको छ । स्विडेन पाँच पटक विश्वकप प्रतियोगिताको सेमिफाइनलमा पुगेको टोली हो । स्विडेनले एक पटक मात्रै फाइनल खेल खेलेको छ । सन् २००३ मा भएको महिला विश्वकपको फाइनलमा जर्मनीसँग हारेको थियो ।

स्विडेनको लागि रोल्फोले ३० औं मिनेटमा पेनाल्टीमार्फत् अग्रता दिलाएकी थिइन् । रोल्फोले अस्टे«लियन कीपर म्याकेन्जी अर्नोल्डको बायाँ कुनामा बल प्रहार गरेर गोल गरेकी थिइन् । यसपछि कोसोभार एसलानीको शानदार प्रहार गोलमा परिणत हुँदा स्विडेनको जित पक्का भएको थियो ।

यसअघि स्विडेनले दुई पटकको विश्व विजेता टोली अमेरिकालाई अन्तिम १६ मा नकआउट गरेको थियो । जापानमाथि पनि प्रभावशाली जित निकालेपछि स्विडेनको यसपटक उपाधि जित्ने लक्षण बनेको थियो । तर, सेमिफाइनलमा स्पेनको अगाडि केही नलागेपछि स्विडेनको यसपटक पनि उपाधि जित्ने सपना अधुरे रह्यो ।

अस्टे«लियाको उत्कृष्ट विश्वकप

यो अस्टे«लियाको लागि उत्कृष्ट विश्वकप सावित भएको छ । यसअघि खासै उपलब्धि हासिल गर्न नसकेको अस्टे«लियाले यसपटक सेमिफाइनलको यात्रा ग¥यो । यो अहिलेसम्मकै उच्च प्रदर्शन हो । यसअघि २०१५ को विश्वकपमा क्वार्टरफाइनलसम्म पुगेको उच्च प्रदर्शन थियो ।

तर, अस्टे«लियामा फुटबल नम्बर एक खेल भने होइन । यसको बावजुद सेमिफाइनलमा इंग्ल्यान्डविरुद्धको खेल अस्टे«लियामा अहिले सम्मकै सबैभन्दा बढी भ्यू पाएको खेल बन्यो । यो खेल करिब १ करोड ११ लाख दर्शकले हेरेका थिए ।

स्विडेनविरुद्ध अस्टे«लियाले खासै खेल भने प्रदर्शन गर्न सकेन । केही मुभ बनाउनु बाहेक दवावमा नै खेलिएको थियो । दुई वटा गोल गर्ने अवसर प्राप्त गरेकोमा दुबै पटक स्विडेनकी कीपर जेसिरा मुसोभिचले विफल तुल्याइन् । हाले रासो र क्लेर पोल्कीन्गोनले गोल गर्ने अवसरमा मुसोभिच तगारो बनिदिएकी थिइन् ।

विश्वकपमा स्विडेन

१९९१ (चीन) स्विडेन ४–० जर्मनी तेस्रो स्थान
१९९५ (स्विडेन) स्विडेन १–१ चीन क्वार्टरफाइनल
(पेनाल्टी शूटआउटमा स्विडेन पराजित)
१९९९ (अमेरिका) स्विडेन १–३ नर्वे क्वार्टरफाइनल
२००३ (अमेरिका) स्विडेन १–२ जर्मनी फाइनल
२००७ (चीन) स्विडेन समूह चरणबाट बाहिरिएको
२०११ (जर्मनी) स्विडेन २–१ फ्रान्स तेस्रो स्थान
२०१५ (क्यानडा) स्विडेन १–४ जर्मनी अन्तिम १६
२०१९ (फ्रान्स) स्विडेन २–१ इंग्ल्यान्ड तेस्रो स्थान
२०२३ (अस्टे«लिया र न्युजिल्यान्ड) स्विडेन २–० अस्टे«लिया तेस्रो स्थान

स्पेन भर्सेस इंग्ल्यान्ड

महिला विश्वकप फुटबल प्रतियोगिताको फाइनल खेल आज हुँदैछ । आइतबार हुने खेलमा स्पेनले युरोपेली च्याम्पियन इंग्ल्यान्डको सामना गर्नेछ । नेपाली समय अनुसार यो खेल दिउँसो ३ बजेर ४५ मिनेटमा हुनेछ । संजोगवश दुबै टोली महिला विश्वकपमा फाइनल पुग्नेमा नयाँ टोली रहेका छन् । जो जितेपनि महिला विश्वकप उपाधि पहिलो पटक उचाल्नेछ । तर, राष्ट्रका लागि भने विश्वकप दोस्रो उपाधि हुनेछ ।

फिफाको पुरुष विश्वकपमा इंग्ल्यान्ड र स्पेनले एक एक चोटी ट्रफी जितिसकेका छन् । इंग्ल्यान्डले सन् १९६६ मा पहिलो पटक विश्वकप चुमेको थियो । यसपछि इंग्ल्यान्डको पुरुष टोली फाइनलमा पुग्न सकेको छैन । यस्तै स्पेनले पुरुष विश्वकप सन् २०१० मा जितेको थियो । यसपछि स्पेनको पुरुष टोेली विश्वकपको फाइनलमा स्थान बनाउन असफल भरहेको छ । अहिले दुवै राष्ट्रको फुटबल टोल िमहिला विश्वकपको फाइनलमा पुगेको छ ।

इंग्ल्यान्ड

इंग्ल्यान्ड जारी विश्वकपको फाइनलसम्म पुग्न त्यति सजिलो यात्रा भएको थिएन । समूह चरणमा हाइटीविरुद्ध मुश्किलले १–० को जित निकालेको इंग्ल्यान्डले दोस्रो खेलमा डेनमार्कविरुद्ध जित्न पनि त्यस्तै कठिन भएको थियो । समूहको अन्तिम खेलमा इंग्ल्यान्डले चीनलाई भने सहजै ६–० गोलले पन्छायो । यो खेलमा टोलीकी लउरेन जेम्सले दुई गोल तथा तीन असिस्ट गरेकी थिइन् । लउरेनले नै डेनमार्कविरुद्ध निर्णायक गोल गरेर इंग्ल्यान्डको उद्धार गरेकी थिइन् ।

अन्तिम १६ मा नाइजेरियाले भने इंग्ल्यान्डलाई कडा चुनौती दिएको थियो । खेल पेनाल्टी शूटआउटसम्म पुगेको थियो । जसमा इंग्ल्यान्ड भाग्यमानी ठहरियो । क्वार्टरफाइनलमा इंग्ल्यान्डले कोलम्बियाविरुद्ध पुनरागमन जित निकालेको थियो । कोलम्बियाकी लेसी सान्टोसले पहिलो गोल गरेर इंग्लिस टोलीलाई १–० ले पछि पारेकी थिइन् । इंग्ल्यान्डको लागि लउरेन हेम्पले बराबरी गोल गरिन् भने एलेसिया रुसोले विजयी गोल गरेकी थिइन् । सेमिफाइनलमा इंग्ल्यान्डले सहआयोजक टोली अस्टे«लियालाई पराजित गरेको थियो ।

स्पेन

स्पेनले जारी विश्वकपमा लज्जास्पद पराजय बेहोरेर पनि फाइनलको यात्रा गर्न सफल भयो । समूह चरणमा सन् २०११ को महिला विश्वकपको विजेता जापानसँग स्पेन ४–० ले लज्जित हुनु परेको थियो । यो हारले टोलीमाथि शंका भएको थियो र कोच जर्ज भिल्डालाई बर्खास्त गर्नु पर्ने खेलाडीले आवाज समेत उठाएका थिए ।

तर, अन्तिम १६ मा स्पेनले जुन जित निकाल्यो त्यसले टोलीका खेलाडीलाई आत्मविश्वास बढायो । अन्तिम १६ को खेलमा स्पेनले स्विट्जरल्यान्डलाई ५–१ ले पराजित गरेको थियो । स्पेनको सामना क्वार्टरफाइनलमा गत विश्वकप २०१९ को उपविजेता नेदरल्यान्डस्सँग हुने भयो । यसमा पनि स्पेन सफल भयो । स्पेनले डच टोलीलाई हराएको थियो ।

सेमिफाइनलमा स्पेनले स्विडेनलाई २–१ ले हराएर फाइनलमा स्थान बनायो । यो खेल अन्तिमतिर निकै रोमाञ्चक बनेको थियो । दुबैतर्फ गोल भइरहेको थिएन । तीन गोल अन्तिम १० मिनेटमा आएको थियो । परालुएलोले गोल गरेर स्पेनलाई १–० ले अग्रता दिलाइन् । छिटै स्विडेनको लागि रेबेका ब्लोमक्वीस्टले गोल फर्काइन् । ९३ सेकेण्डपछि कप्तान ओल्गा क्यामोनाले गोल गरेर स्पेनलाई जित दिलाइन् । यो गोलले स्विडेन लगातार चौथो विश्वकपमा अन्तिम ४ बाटै बाहिरिनुपरेको थियो ।

प्रतिक्रिया दिनुहोस्