ललितपुर क्रिकेटमा श्रेष्ठ अध्यक्ष



काठमाडौं । ललितपुर जिल्ला क्रिकेट संघको चौथो वार्षिक साधारण सभाले शेखर श्रेष्ठलाई निर्विरोध अध्यक्षमा निर्वाचित गरेको छ । संघमा अध्यक्ष श्रेष्ठसहित १५ जना सदस्यको कार्यसमिति निर्विरोधमै बनेको हो । सोही क्रममा उपाध्यक्षमा विनय कुमार श्रेष्ठ, कोषाध्यक्षमा गोविन्द मल्ल ठकुरी र सचिवमा सुजन श्रेष्ठ निर्वाचित भए ।

यसैगरी ११ जना सदस्य रहेका छन् । सदस्यमा निर्वाचित हुनेमा किरण श्रेष्ठ, सुजीता श्रेष्ठ मानन्धर, एलिना शाक्य, रोशन राणा, राजेन्द्र खड्का, सुधीर कुमार महर्जन, सुन्दर महर्जन, सरोज चित्रकार, प्राशना शाक्य, नरेश राना र नारायण मल्ल ठकुरी हुन् ।

प्रतिक्रिया दिनुहोस्