रोमान्टिक मिस स्कार्लेट



कान्तिपुर फिल्म एकेडेमीले निर्माण गरेको सिरिज मिस स्कार्लेटको टिजर सार्वजनिक भएको छ।

सार्वजनिक टिजर नेपाली, हिन्दी र अंग्रेजी भाषामा छ। टिजरमा माया प्रेम रोमान्स, त्याग र बदलाको कथा प्रस्तुत गरिएको छ। दर्शक लोभ्याउन सिरिजमा रोमान्टिक दृश्य पनि समावेश गरिएको छ। सिरिज चाँडै नै कान्तिपुर सिनेमाज ओटीटी प्लेटफर्मबाट स्टिझमिङ हुने कलेजले जनाएको छ। मिस स्कार्लेट ४ एपिसोडमा स्टिझमिङ हुनेछ भने प्रत्येक एपिसोड ४५ मिनेटको हुनेछ।

वीरगञ्जमा छायांकन भएको सिरीजका लेखक तथा निर्देशक बलिराम चौहान हुन्। सिरिजमा गीत विष्ट, कुल श्रेष्ठ, कमल ओझा, आलिसा बास्तोला, कपिल रसाइली, सबी थापा, सुमित्रा अधिकारी, दिलिप नेपाललगायतले अभिनय गरेका छन् भने प्रकाश पुरीद्वारा निर्मित सिरीजमा शेरबहादुर तामाङको छायांकन छ। नेपालको लागि तयार पारिएको यो सिरिज ओटीटी प्लाटफर्म कान्तिपुर सिनेमाजबाट भदौ महिनामा रिलिज गरिने कलेजले जनाएको छ। अन्तर्राष्ट्रिय ओटीटी प्लेटफर्ममा पनि हिन्दी र अंग्रेजी भाषामा रिलिज हुनेछ।

प्रतिक्रिया दिनुहोस्